असोज ३ पाल्पा ।
जिल्ला ट्राफिक प्रहरि कार्यालय पाल्पाका प्रमुख प्रहरि नायब निरिक्षक दामोदर मल्ल आठौं संविधान दिवसको अवसरमा उजिर सिंह दीप पदकबाट विभूषित भएका छन् ।
प्रदेशमा हुने गरेको सवारी दुर्घटनाको अनुसन्धानलाई महत्वपूर्ण भूमिका वहन गर्दै सडक दुर्घटना न्यूनिकरणमा पुर्याएको सहयोगलाई मुल्यांकन गर्दै विभूषित भएका हुन् । मल्लको पाल्पा बुटवल सडक खण्ड अन्र्तरगत हिउँदे खोलामा भाद्र ९ गते पहिरो खसी वाटो अवरुद्ध हुदाको समयमा सडक दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले दिनरात नभनी गरेको कामको भिडियो तथा फोटो सामाजिक सञ्जालमा समेत भाइरल बनेको थियो ।
बिगत लामो समय देखि नेपाल प्रहरीमा कार्यरत मल्ल लुम्बिनी प्रदेशका धेरै जिल्ला र अन्य जिल्लामा समेत उत्कृष्ट काम गरेवापत सम्मानी भैसकेका छन् । सरल र नरम स्वभाबका मल्ल सामान्य परिवारमा जन्मिए पनि देश र जनताको सेवालाई प्रमुख कर्तव्य ठान्ने मल्ल १६ बर्ष देखि प्रहरीमा प्रहरी सहायक निरिक्षकको पदवाट प्रबेश गरेका हुन्। कुरा भन्दा कामलाई पहिलो प्राथमिकता ठान्ने मल्ल २०६३ सालमा नेपाल प्रहरिमा प्रबेश गरेका हुन् ।













