सुमन कार्की
पाल्पा ४, असोज
घरायसी प्रयोगका लागि मात्र लगाइने कागती खेती यतिखेर कागतीको महत्व र प्रयोग वढ्न थालेपछि जिल्लामा व्यवसायीक रुपमा कागती खेतिको सुरुवात गरिएको छ ।
पछिल्लो समयमा कागतीको माग वढेको र अन्न तथा खाद्यान्न, तरकारी , फलफुल खेति वाट भन्दा कागती खेतीवाट १०औ गुना वढि फाइदा हुने हुदाँ कृषकहरुले व्यवसायीक रुपमा कागती खेति सुरु गरेका हुन ।
तरकारी तथा अन्य फलफुलको तुलनामा बजारीकरण सहज भएको र एक पटक लगाएको बोटमा करिव दश वर्ष सम्म निरन्तर रुपमा आम्दानी लिन सकिने भएकाले यसको व्यवसायीक खेति सुरु गरिएको हो ।
दश वर्ष अगाडि सम्म तरकारी खेतिबाट राम्रो आम्दानी लिन सफल गरेकी तिनाउ गाउपालिका मस्यामकी कृषक गोमा भण्डारीले तरकारी खेतिको तुलनामा कागती खेति बाट राम्रो आम्दानी देखेर जिल्लामा पहिलो पटक कागती खेति गर्नु भएको हो । अन्नवाली तथा तरकारीमा वन्यजन्तुको समस्या तथा रोग किराले वढी आक्रमण गर्ने गरेको कारण पनि कागती खेती गर्न थालेको भण्डारीको भनाई छ ।
परिक्षणको रुपमा १ वोट हुदै ४वोट हुदै १०० वोट हुदै अहिले ५ सय वोट बाट आम्दानी लिन सुरु गरेको भण्डारीले वताउछिन् ।
भण्डारीको खेतीवाटै प्रभावित वनेर तिनाउँ गाउपालिका वडा नं ६ का अधिकाम्स किसानहरुले कागतीको व्यवसायिक खेती तर्फ लागेका छन् । किसानहरुलाई मात्र नभई विभिन्न सहकारी संस्था देखी कृषि कायालर्यहरुलाई आवश्यक पर्ने कागतीका विरुवा समेत भण्डारीले विक्री वितरण गर्ने गरेकी छन् ।
पछिल्लो समयम लुम्बिनी प्रदेश सरकारले व्यवसायीक रुपमा सुन्तला , कागती खेतीको प्रवद्धन कार्यक्रम लागु गरेपछि जिल्लाको तिनाउँ, रैनादेबी छहरा, रिब्दीकोट, निँस्दी जस्ता गाउँपालिकाका कृषकहरुले समेत व्यवसायीक रुपमा कागती खेतिको सुरुवात गरेका हुन् । कम मेहेनत र कम लगानीमा राम्रो आम्दानी लिन सकिने कागती खेती भएको कारण पनि किसानहरु यस प्रति आर्कषित बनेका छन् ।
कागती लगाएको ३ वर्ष भित्रमा उत्पादन लिन सकिने र उत्पादित कागतीको वजारीकरणमा कुनै समस्या नभएको कृषकहरुको भनाई छ ।
स्थानिय सिप र प्रविधीको प्रयोग, स्थानिय प्रजातिको बिउको उपयोग गरी खेति गर्दा राम्रो आम्दानी भएको र उत्पादीत बस्तुको बजारीकरण अत्यन्त सहज भएकाले राम्रो आम्दानी गर्ने लक्ष्य राखेको मस्यामका कृषक हुमनाथ भण्डारीको भनाई छ । हुमनाथले १६ रोपनी क्षेत्रफलमा कागती लगाई वार्षिक १० लाख वढि आम्दानी गर्दे आएको वताउछन् ।
वार्षिक रुपमा जिल्लावाटै कागती आयातमा करडौ रुपैया वाहिरीने गरेको छ । गत वर्षदेखि पाल्पामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तला जात फलफुल कार्यक्रम सञ्चालन गरेको छ जस अन्र्तगत कागतीको क्षेत्रफल र उत्पादन विस्तारलाई वढाउनको निमित्त विशेष कार्यक्रम सञ्चालन गरि आयातीत कागती विस्तापित गर्ने लक्ष्य राखेको छ । यसै गरि कागतीको उत्पादन वढाई कृर्षकलाई व्यवसायीक कागती खेतीको लागी आवश्यक प्राविधिक सहयोग, विरुवा वितरण देखी वजारीकरणमा समेत सहयोग गर्ने परियोजनाका वरिष्ट कृषि अधिकृत दिपक भट्टराई वताउछन् ।
कागती खेती गर्नकोलागी खासै मेहेनत नलाग्ने र सुरुमा फलदिन थाले पछि वर्षो सम्म आम्दानी लिन सकिने हुदा पनि कृषकहरु यस खेती तर्फ आर्कषित भएका हुन् ।














