असोज २, पाल्पा
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आईतवार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय पाल्पाको आयोजनामा आत्माहत्या रोकथाम सम्बन्धी अन्तरकृया तथा र्याली कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तानसेन नगरपालिका वडा नं. ४ दरबार परिसरबाट शुरु भएको र्यालीमा सुरक्षा निकायमा प्रमुखहरु, जनप्रतिनिधि, विभिन्न टोल बिकास संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, आमा समुह, स्थानिय युवा क्लव, शिक्षक तथा विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी साथै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । “तपाईको जिवन अमूल्य छ आफूलाई माया गरौँ, जिवन एउटा उपहार हो जिवनलाई सार्थक बनाउनुहोस् ” लेखिएका प्ले कार्ड र व्यानर सहितको नारा लगाई र्याली गरिएको थियो । र्याली दरवार परिसरबाट शुरु गरी, सिलपाटी, मखनटोल हुदै पुनः दरबार परिसरमा आई अन्तरकृया कार्यक्रम गरीएको थियो ।
जिल्ला पहरि कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा, जिल्ला अस्पताल पाल्पाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जिता कुमारी महतो र प्रमुख जिल्ला अधिकारी ज्यूबाट आत्महत्या न्यूनिकरण सम्बन्धि मन्तव्य सहित कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा करिव ५०० जनाको उपस्थिति रहेको थियो ।













