पाल्पा–पाल्पा-गुल्मी सडक खण्ड एक तर्फी वाटो खुलेको छ । । अविरल वर्षाका कारण तानसेन ११,सममोवारीमा ठुलो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
जिल्ला ट्राफिक कार्यालय पाल्पाका अनुसार दिउसो १ः२५ वजे देखी एकतर्फी संचालनमा आएको हो । ३ दिन देखि लगातार पानी परि राखेको कारणले यात्रागर्दा वुझेर मात्र यात्रामा निस्कन जिल्ला ट्राफिक कार्यालय पाल्पाले अनुरोध गरेको छ ।













