पाल्पा–पाल्पा-गुल्मी सडक खण्ड पूर्ण रुपमा बन्द भएको छ । अविरल वर्षाका कारण तानसेन ११,सममोवारीमा ठुलो पहिरो खस्दा बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय पाल्पाका अनुसार विहान ११ः ४५ वजेको समयमा माथीबाट ठुलो पहिरो झर्दा बाटो बन्द हुन गएको जनाएको छ । बाटो अवरुद्धका कारण विरामी बोकेको एम्बुलेन्स लगाएत अन्य यातायातका साधनहरु अलपत्र परेका छन् । सक्दो चाडो बाटो सुचारु गर्नको लागी जिल्ला ट्राफिक कार्यालय पाल्पाले पहल गरि रहेको जनाएको छ । ३ दिन देखि लगातार पानी परि राखेको कारणले यात्रागर्दा वुझेर मात्र यात्रामा निस्कन जिल्ला ट्राफिक कार्यालय पाल्पाले अनुरोध गरेको छ ।













