३१ भदौ, काठमाडौं ।
नेपालली महिला फुटवल टोलीले भारत माथि ऐतिहासिक जित हात पार्दै महिला साफ च्याम्पियन सिपको फाइनलमा पुगेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको खेलमा नेपालले भारत माथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियन सिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।
हजारौं समर्थकको बीचमा नेपाललाई जिताउन रश्मिकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा प्रीति राईको पासमा घिसिङले गरेको गोल नै निर्णायक गोल हुन पुगेको थियो ।
पाँच पटकको विजेता भारतले दोश्रो हाफमा गोलका लागि केही अवसर पाए पनि फिनिसिङ गर्न सकेको थिएन् ।
दोस्रो हाफमा गोल नथपे पनि नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई खेलमा फर्किने अवसर दिएन ।
अब नेपालले उपाधिका लागि बंगलादेश सँग सोमबार खेल्नेछ ।













