पाल्पा ३१ भाद्र
रामपुर नगरपालिकाले नगर भित्रका अवैध रुपमा वनेका संरचना हटाउने भएको छ । कार्यपालिकाको बैठकले नगर भित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा बनाइएका संरचना हटाउने र कब्जा गरेका जग्गाहरुको समेत संरक्षण गर्ने निर्णय गरेको हो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अबैध रुपमा निर्माण भएका संरचना हटाउन नगर बासीलाई अनुरोध समेत गर्नु भएको छ । त्यस्ता सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगपालिकाको भएकाले त्यस्ता जग्गामा बनेका संरचना हटाएर सहयोग गर्न नगर प्रमुख थापाले आग्रह गर्नु भएको छ । साथै हटाउन अटेर गरे कानुनी प्रक्रिया अनुुसार हटाईने रामपुर नगरपालिकाले जनाएको छ ।
यसैविच राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोर निर्माण कार्यमा नगर भित्र अवरोध आएमा नगरपालिकाले सवै प्रकारको सहयोग गर्ने समेत निर्णय गरेको छ ।
(कटुवाल खबरवाट साभार)













