सुमन कार्की, पाल्पा
राप्रपा निकट विद्यार्थी संगठनको आज बसेको केन्द्रिय सचिबालयको बैठकले पाल्पा जिल्लाका विद्यार्थी नेता राजु गैरेलाई लुम्बीनी प्रदेश संयोजकमा नियुक्ति गरेको छ ।
त्यस्तै आजै ७ वटै प्रदेशमा विद्यार्थी संगठनको संयोजक तोकिएको राप्रपा निकट विद्यार्थी संगठनकले जानकारी दिएको छ । पाल्पाली गैरे बिगत लामो समय देखि राप्रपाको विद्यार्थी संगठनमा आवद्ध हुदै आएका विद्यार्थी नेता हुन् । गैरेले २०६५ साल देखि पाल्पा जिल्लाबाट राजनीति सुरु गरेका थिए । गैरेले विद्यार्थी राजनितीमा धेरै चर्चा नपाए पनि संगठनको लागि निकै उत्कृष्ट काम गरेको पाइन्छ । उनि २०७२ सालमा कपिलवस्तु जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य र केन्द्रिय उपाध्यक्ष सम्म भैसकेका हुन् ।
गैरे यहि मंसिर ४ गते हुने गैरहेको चुनावमा पाल्पा जिल्ला क्षेत्र नम्बर २ को प्रदेश सभा क बाट प्रत्यक्ष तर्फको उमेद्वार समेत हुन् ।













