पाल्पा- रामपुर नगरपालिकामा दीगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना अन्तर्गत कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्जकल एजुकेशन सेन्टर प्रालीको आयोजनामा संचालित इन्डिष्ट्रियल इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ ।
रामपुर नगरपालिका र स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकाका सेरोफरोेका काम जानेका र काम गदै आएका ४० जना युवाहरुलाई थप तालिम दिइएको हो ।
तालिम सम्पन्न कार्यक्रमका प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वी पाल्पाका मजदुर व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ भण्डारीले सिकेका कुरा व्यावहारमा लागु गर्नुपर्ने बताउनुभयो । हामी टेक्निसियनहरुले काम गर्दा कसैको घर विग्रियो भने उनीहरुको जीवन भर कमाएको रकम बर्वाद हुन्छ भन्दै सबैलाई सजक गराउनुभयो ।
कार्यक्रममा संस्थाका निर्देशक कमल भट्टराई,प्रशिक्षक गिरीराज पोखरेद,विष्णु गैरे तथा रामपुर तालिम संयोजक सन्तोष श्रेष्ठ लगायतले बोल्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका तालिम संयोजक बल बहादुर उचैले गर्नुभएको थियो ।













