पाल्पा, सुमन कार्की
जिउदो सहिदका रुपमा परिचित नेपाली कांग्रेसका पाल्पाली नेता विजय घिमिरे अस्ताएका छन् ।
२०४६ सालको जन आन्दोलन सफल बनाउन महत्वपुर्ण भुमिका खेलेका नेताको विहीवार बेलुका निधन भएको परिवारिक स्रोतले जनाएको छ । क्यान्सर रोगले ग्रसित घिमिरेको मेडिसिटि अस्पताल काठमाण्डौंमा उपचार भईरहेको थियो । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्धवार समेत बनेका घिमिरे नेपाली कांग्रेसको राजनितिमा संक्रिय थिए । नेता घिमिरे चार्टड एकाउन्टेण्ट समेत थिए । घिमिरे कांग्रेस भित्र शान्त र सादगी नेताको छवि बनाएका नेता थिए जसका कारण नेपाली कांग्रेस पार्टीलाई ठुलो क्षति पुगेको छ । घिमिरे २०४६ सालको जनआन्दोलनका जिउदो सहिदका रूपमा परिचित नेता थिए ।













