भाद्र ३० पाल्पा
समाज सवलीकरणका लागी सञ्चार भन्ने मुल नारा सहितको नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रीकाको पाल्पामा एक कार्यक्रम विच सार्वजनिक गरिएको छ । २५ वर्षअघि सुरु भएको नेतृत्व साप्ताहिक त्रैमासिक रुपमा पुनः प्रकाशित भएको हो । नेतृत्व मिडिया प्रा.लि.को आयोजना तथा पत्रकार महासंघको समन्वयमा एक कार्यक्रकमको विच पत्रिकाको प्रमुख अतिथि टंकनाथ खनाल जिल्ला समन्वय प्रमुख, विशिष्ट अतिथि टंकप्रसाद भट्टराई क्याम्पस प्रमुख त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, पुष्करराज रेग्मी क्याम्पस प्रमुख तानसेन बहुमुखी क्याम्पस र पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले एक कार्यक्रमको विच संयुक्त रुपमा सार्वजनिक गर्नु भएको हो ।
पत्रिकाको सार्वजनिक संगै नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रीका भित्र समेटिएका विषय वस्तुको समग्र समिक्षा त्रिभुवन क्याम्पसका उप प्राध्यापक टंक प्रसाद पन्तले गर्नु भएको थियो । पत्रिकाको समिक्षा गर्दै पन्थले पत्रिकाले साँच्चिकै नेतृत्व लिने प्रयास गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी टंकनाथ खनालले छापा पत्रिका प्रकाशनले दस्तावेजको रुपमा राख्न सकिने हुनाले पनि यसको महत्व रहेको वताउनु भयो । पत्रिका प्रकाशन गर्नु मात्र ठुलो कुरा नभई यसलाई निरन्र्तता दिनु ठुलो कुरा भएको वताउदै पत्रकारहरुलाई समाजमा टिक्न र विक्नको लागी सवैको साथ र सहयोगको आबश्यक पर्ने खनालले वताउनु भयो ।
कार्यक्रममा त्रिभुवन क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराई, तानसेन क्याम्पसका प्रमुख पुष्करराज रेग्मी, समाजसेवी राजेन्द्रगोपाल सिंह, प्रेस युनियनका भरत शर्मा, माधव अर्याल, प्रशिक्षक गोपाल प्रसाद बस्याल, पत्रकार देव पचभैया, कृष्ण कार्की, संचार उद्यमी भीमसेन कार्की, पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष लगायतले पत्रिका सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा बोल्नेहरुले पहलिा पाल्पाको मुख्य गन्तव्य शिक्षा, स्वास्थ्य र पर्यटनकोलागी मानीएको थियो भन्ने अहिले आउदा मन्तव्यमा मात्र सिमित भएको बारेमा चिन्ता व्यक्त गर्दै पत्रकारिताको माध्यमबाट त्यसलाई उजागर गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सञ्चालन पत्रकार महासंघ पाल्पा शाखाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले गर्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष तथा नेतृत्व त्रैमासिकका प्रधान सम्पादक गोविन्द भट्टराईको स्वातगत मन्तव्यवाट सुरु भएको थियो ।













