भाद्र ३० पाल्पा
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यसमिती गठन सगै आधिकारीक सम्पर्क कार्यालय संचालनमा आएको छ ।
पछिल्लो समय देशमा चुनाबी माहोल तात्दै जादा पाल्पाको तानसेनमा रबि लामिछाने नेतृत्वको रास्ट्रीय स्वतन्त्र पार्टीको जिल्ला सम्पर्क कार्यालय तानसेनको वडिज्ञान टोलमा स्थापना गरिएको छ । पार्टीका जिल्ला संयोजक बिष्णु भण्डारीको नेतृत्वमा पार्टीका पधादिकारी को उपस्थितिमा विहीवार कार्यालयको स्थापना गरिएको हो । पछिल्लो समय उक्त पार्टीको जिल्ला कार्यसमिती गठन भएपछि जिल्लाको राजनैतिक माहोल तातेको छ । उक्त पार्टी बाट पनि पाल्पाको २ वटै छेत्रवाट आफ्ना संघीय निर्वाचनकोलागी उम्मेद्बार खडा गर्ने जिल्ला संयोजक भण्डारीले बताउनु भयो।













