भाद्र ३० पाल्पा
निरन्तरको वर्षासंगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको विभिन्न स्थानमा वाटो अवरुद्ध हुन पुगेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिएको जानकारी अनुसार ढुंगा सहितको पहिरोले पौठेडाडाँमा वन्द भएको वाटोमा डोजरलगाई वाटो एक तर्फी मात्र संचालनमा आएको छ । जतिसक्दो छिटो सवै ठाउँहरुमा सवारी आवागमन गराउने पहल भएको ट्राफिक प्रमुख मल्लले जानकारी दिनु भयो ।
यस्तै सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा पनि पुनः सडक भासिएको छ । यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको प्रमुख मल्लले जानकारी दिनुभयो ।
यस्तै सोही राजमार्गको रम्भा गाउँपालिका वडा नं। ३ स्थित सेरामा पनि लेदोसतिको पहिराले राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार बेलुकादेखि निरन्तर पानी परेका कारण अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको हुँदा सावधानी अपनाएर अत्यावश्यक काममा मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
सिद्धार्थ राजमार्ग पूर्णरुपमा अरुवद्ध हुँदा सुनौली तथा वुटवल देखि पाल्पा,गुल्मी,पोखरासम्मको यात्रामा निस्केका यात्रुहरु अलपत्र परेका छन् ।













