भाद्र २८, पाल्पा
आइतवार देखी चिदीपानी स्वास्थ चौकिमा डाइबेटिज क्लिनिक सुभारम्भ भएको छ ।
चिदीपानी स्वास्थ चौकी सन्चालन तथा ब्यवस्थापन समितिको निर्णय अनुसार माथागढी गा.पा. १, चिदीपानी स्थित चिदीपानी स्वास्थ चौकिमा डाइबेटिज क्लिनिकको आइतवार समुद्घाटन सहित सेवा सुरु गरिएको छ ।
चिदीपानी क्षेत्र वरिपरीका बिरामीको सुबिधालाई मध्यनजर गर्दै यो किल्निक बिहान आठ बजे देखि नै सेवा दिने उद्देश्यले महिनाको एक दिन संचालनमा आउने वडा अध्यक्ष राज कुमार पन्थीले जानकारी दिनु भयो ।
सोही दिन मात्रै ५० जना सुगर विरामीहरुको चेकचाज गरिएको चिदीपानी स्वास्थ्य चौकि इन्चार्ज धुर्ब सुनारले वताउनु भयो ।
कार्यक्रम वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षता र नेकपा एमालेका प्रदेश कमिटी सदस्य बिष्णु आचार्य ,नेपाली काङ्ग्रेस चिदीपानी उप सभापति निर्मल न्यौपानेको आतिथ्यता तथा स्थानीय वासी,स्वास्थ चौकि कर्मचारीहरुको उपस्थिति मा चिदीपानी स्वस्थ चौकि इन्चार्ज धुर्ब सुनारको संचालनमा भएको थियो ।














