भाद्र २८, पाल्पा
देशभर पछिल्लो २४ घन्टामा थप एक सय ७९ मा कोभिड सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ५९ को नमुना परिक्षण गरीएको एक सय ७९ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
सोमबार २ हजार ६ सयले पिसिआर र २ हजार ३ सय ५९ को एन्टीजेन विधीबाट परीक्षण गरीएको थियो । त्यस्तेै पछिल्लो २४ घण्टामा एक सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ४ हजार ५ सय ८४ पुगेको छ । संक्रमण मुक्त हुने दर ९ दशमलव ५ प्रतीशत रहेको मन्त्रालयले जनाएको छ । यस अवधीमा कोरोना संक्रमणबाट एक जनाको मूत्यू भएको छ । अहिले सम्म कोरोनावाट मृत्यु हुनेको संख्या १२ हजार १५ पुगेको छ । हाल देश भर सक्रिय संक्रमितको संख्या २ हजार २ सय ७१ रहेको छ । होम आइसोलेसनमा २ हजार १ सय ९०, संस्थागत आइसोलेसनमा ८१ र आइसीयुमा १५ जना संक्रमित रहेका छन् ।













