भाद्र २५ पाल्पा
नारायण युवा क्लव तानसेन पाल्पा को २५ औं रजत जयन्तीको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले पाल्पाको ट्राफिक ब्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भनि नारायण युवा क्लवले जिल्ला ट्राफिक कार्यालय पाल्पालाई सम्मान गरेको छ ।
सम्मान पत्र लुम्बिनी प्रदेशका उर्जा तथा जलस्रोत मन्त्री माननिय बिर बहादुर रानाको हातबाट दिएको हो ।
जिल्लामा आएर उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका कार्यालय प्रमुख प्र.ना.नि.दामोदर मल्ललाई सम्मान गरिएको नारायण युवा क्लवले जनाएको छ ।
गत भाद्र ९ गते राती देखि पाल्पाको हिउदे खोलामा पहिरो गई वाटो अवरुद्ध हुदा दिन रात नभनी निरन्तर ट्राफिक व्यास्थापन तथा यात्रुलाई सुरक्षीत गन्तव्य सम्म पुराउनको लागी खटिनु भएकोमा सो को प्रशंशा गर्दे मन्त्रि रानाले मल्ल जस्ता कर्मनिष्ठ कर्मचारी देशमा हुनु भनेको हामी नेपाली सवैको सान र गौरवको कुरा भएको भन्दै सो सम्मान प्रदान गर्नु भएको हो ।
मल्ल र उनका टोलीले पहिरो गएको समयमा गरेको कामको फोटो तथा भिडियो समेत सामाजिक संजालमा भाइरल भएको थियो ।
मल्ल पाल्पा आइसकेपछि विभिन्न किसिमका सचेतना कार्यक्रमहरु संचालन गरि जिल्लाको ट्राफिक व्यवस्थापनमा पनि सुधार आएको र र्दुघटना न्यूनिकरण तर्फ ध्यान दिदै आएको मल्लको भनाई छ ।














