भाद्र २५, पाल्पा
भैरव रिसाल मिडिया फेलोशिप २०७९ यस वर्ष पाल्पाका युवा पत्रकार कान्तिपुरकर्मी माधब प्रसाद अर्यालले हात पारेका छन् ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यो फेलोशिप हरेक वर्ष प्रदान गर्ने गर्दछ । अर्याललाई काठमाडौमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ वातावरण पत्रकार भैरब रिसाल, एन्फोका अध्यक्ष राजिब जोशी र समाज कल्याण मन्त्रालयका सदस्य सचिब मनोज भट्टले नगद रु २५ हजार र प्रमाणपत्र प्रदान गरेका छन् ।
अर्याल दुई दसक देखि पाल्पाबाट बन, वातावरण, जनस्वास्थ्यको क्षेत्रका साथै व्यवसायिक पत्रकारितामा संलग्न रहदै आएकाछन् । अर्याल हाल कान्तिपुर दैनिकको उप सम्पादक सहित विभिन्न मिडियामा काम समेत गर्दछन् ।













