भाद्र २५ पाल्पा
शनिवार तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उप–महासचिव डा. विजय पौडेलले आगामी निर्वाचनमा पार्टीले ४० सिटसम्म ल्याउने वताए । ४० सिट ल्याए सगै नेकपा एसको साथ सहयोगविना सरकार बन्ने अवस्था नहुने उप–महासचिव पौडेलले दावी गरे।
कार्यक्रममा अहिले छोटो समय भएकाले हामीले चाहेका ऐजेण्डाहरू सरकारमा पूर्ण रूपमा लागू गर्न नसकेको बताउँदै पौडेलले आगामी सरकारलाई नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्नेगरी बाध्य बनाउने नीति पार्टीले लिएको बताए।
कार्यक्रममा उप–महासचिव पौडेलले रक्सी खानु गलत भएपनि नखाई नहुने अवस्थामा विदेशी रक्सी छोडेर नेपाली गाउँ ठाउँमा बनाएको तीन पाने ब्राण्डिङ रक्सीको बिक्री वितरण खुला हुनुपर्ने, नपालमा पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने पक्षमा पार्टीले लविङ गर्ने उनले बताए।
पार्टी बाहिरी चन्दाबाट नभई कार्यकर्ताको चन्दाबाट सञ्चालन हुनुपर्ने र व्यापारीहरूको बार्गेनिङबाट बच्न कार्यकर्तालाई आयआर्जनमा केन्द्रित गर्नुपर्ने पौडेलले बताए।
कार्यक्रममा नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष एव पार्टीका आर्थिक विभाग प्रमुख सोम प्रसाद पाण्डेले अहिलेको गठवन्धन अझै १० वर्षसम्म कायम रहने वताए ।
गठवन्धन नभएको भए अहिले देशमा ओलीको निरंकुश शासन सञ्चालन हुने, संविधान च्यातिने, संविधानमा नभएका अधिकार प्रयोग गरी देशमा ओलीको निरंकुश शासन सञ्चाल हुनवाट गठवन्धनले बचाएको नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेले बताएका छन् ।
पाण्डेले प्रत्यक्ष तर्फ समाजवादीले २५ सिट ल्याउने, समानुपातिक १५ सिटसम्म ल्याउने गरी तयारी भइरहेको र आगामी निर्वाचनपछि नेकपा एसको प्रतिनिधिसभामा कम्तिमा ४० सिट कायम रहने दावी गरे। र गरेका छन् ।














