भाद्र २४, बुटवल
बुटवल उपमहानगपालिकाले सडक क्षेत्राधिकार भित्रका सडक फुटपाथ खाली गर्न आग्रह गर्दै सुचना प्रकाशन गरेको छ । सडकमा राखिएका निर्माण साम्रगी, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन तीन दिनको म्याद दिएको हो ।
उपमहानगरका अधिकृत डोलराज पौडेलद्वारा हस्ताक्षरित सूचना जारी गर्दै ३ दिनका म्याद दिएर सडक तथा फुटपाथ खाली गर्न आग्रह गरेको हो।
‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्क देखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निमार्णसामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने देखिएकाले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।














