पाल्पा ९ भाद्र
सुमन कार्की
अनिल घिमिरे उमेरले २८ काटे, सानै उमेर देखि कृषिमारुची राख्दै आएका उनी अहिले आफ्नै घिमिरे पशु पंक्षी तथा कृषि फर्म संचालनमा ल्याई वार्षिक २० लाख वढि आम्दानी गर्दे आएका छन् ।
तानसेन ८ मदनपोखरा वस्ने घिमिरे आफ्नो ६ जना परिवार सगै कन्ये च्याउ,सिताके च्याउ,कागतीका साथै अर्खवरे खुर्सानी लगाएर राम्रो आम्दानी लिन थालेका हुन् । अनिल घिमिरेलाई आफ्ना वावु उमानाथ घिमिरेले पूर्णरुपमा सहयोग गर्दे आएका छन् । बुवा छोरा मिलेर नै सुरुमा सानो लगानीमा सुरुवात गरेको कृषि फार्म ५ वर्ष भित्रमा ६० लाख वरावरको लगानीमा संचालन भएको वावु उमानाथ घिमिरेले वताउछन् ।
छोरा ५ वर्ष सम्म अरुको काम गर्दे पसिना वगाई आइरहेका थिए । बुवा उमानाथ घिमिरेले नै अरुको काम गर्नु भन्दा आफ्नै गाँउठाँउमा केही गर्नु पर्छ भन्ने मान्यताका साथ गाउँ छोेरालाई समेत गाँउ र्फकाई विगत ५ वर्ष देखि नै आफु संगै फार्ममा अगाढी वढाएका छन् । घिमिरे पशु पंक्षी तथा कृषि फार्ममा घिमिरेले करिव ६० लाखको लागतमा ५ हजार मुढामा सिताके च्याउ, ५ हजार वल कन्ये च्याउ, ४ सय वोट कागती, ६ रोपनी जग्गामा अर्खवरे खुर्सानी लगाउदै आएका छन् । घिमिरेले स्थानिय स्तरमै १२ जनालाई आफ्नो फार्ममा रोजगारी समेत दिएका छन् ।
वार्षिक ३० लाख आम्दानी गर्ने लक्ष्य सहित घिमिरे बुवा छोरा आफ्नो कृषि फार्ममा लागी परेका छन् । घिमिरेलाई कृषि ज्ञान केन्द्र पाल्पा, तानसेन नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पाल्पाको आर्थिक तथा प्राविधिक सहयोग समेत प्राप्त भएको छ । च्याउ व्लक विकास कार्यक्रम अन्र्तगत च्याउ उत्पादनकोलागी प्लाष्टिक र विउ सहयोग गरिएको प्रधानमन्त्री कृषि आधुुनिकिकरण परियोजनाले गरेको प्रधानमन्त्री कृषि आधुुनिकिकरण परियोजनाका वरिष्ट कृषि अधिकृत दिपक भट्टराईले जानकारी दिए ।
आफ्नै पूखौली जग्गा प्रशस्त भएको हुनाले भाडामा लिनु नपरेको र आवश्यक पर्ने पानिको मूल समेत आफ्नै जग्गामा भएको कारण पनि कृषिको लागी कुनै समस्या नभएको उमानाथ घिमिरे वताउछन् । च्याउ खेतीकोलागी आवश्यक पराल,काठकामुुडा,प्लाष्टिक पोखरी,टनेल, विउ विजन अनुदानमा पाउदा केही राहत मिलेको घिमिरेको भनाई छ ।
फार्म हेर्न भनेरै देशका विभिन्न क्षेत्रवाट समेत अध्यन अवलोकन भ्रमण समेत आउने गरेको अनिल वताउछन् । कृषि फार्मवाट उत्पादित च्याउ फार्मवाटै विक्री वितरण गर्दे आएका छन् ।
घिमिरे च्याउ मात्र नभई कागती र खुर्सानी पनि खरिद विक्री गर्दे आएको वताए । कन्ये च्याउ प्रति के.जी २ सय देखि २ सय ५० सम्म विक्री हुदै आएको छ भने सीताके च्याउ प्रति के.जी ५ सय देखि ७ सय सम्म विक्री हुदै आएको अनिल घिमिरे वताउछन् ।
उत्पादित वस्तुहरु विक्री वितरणको लागी वजारको कुनै समस्या नभएको र नजिकको वजारको रुपमा वुटवल,भैरवा, तानसेन वजार,गुल्मी साथै नारायणघाट सम्म रहेको कृषक घिमिरे वताउछन् ।
घिमिरे पशु पंक्षी तथा कृषि फार्म अहिले नव कृषकहरुको लागी एउटा उदारणीय फार्मको रुपमा परिचित भएको छ । त्याँहाको जस्तो देखा सिकी गरि अन्य कृषकहरुपनि गरे के हुदैन भन्ने सोचका साथ
लागी पर्ने हो भने आफ्नै माटो मै कृषिमा क्रान्ती ल्याउने मात्र नभइ आम्दानीको वलियो माध्यम समेत वनाउन सकिन्छ ।













