८ भदौ, काठमाडौं ।
काठमाण्डौ महानगरपालिकाले अवैधानिक तरिकाले सडक अतिक्रमण गरेर संचालन गरिएकका पसल तथा संरचनाहरु भत्काउन सुरु गरेको छ ।
काठमाडौंमा नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा महानगरपालिकाले डोजर चलाएको छ ।
बुधबार बिहान मेयर बालेन्द्र शाह , काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी डोजर सहित काठमाडौं मल पुगेर संरचना भत्काउन सुरु गरेका हुन् ।
प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजन भन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।
केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो ।
अवैध तथा विना नक्सापास वनेका सवै संरचनाहरु हटाइने शाहले वताएका छन् ।













