पाल्पा,७ भाद्र
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको मुल इकाई समितिको सम्मेलन तानसेनमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको भातृ संगठनको रूपमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी मुल ईकाइ समितिको सम्मेलन उद्घाटन लुम्बिनी प्रदेश सांसद एवम् पाटीका पाल्पा जिल्ला इन्चार्ज वसन्त घर्तीले गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका घर्तीले विद्यार्थी परिवर्तनका संवाहक रहेको बताउनुभयो । नेपालको राजनैतिक नेतृत्व कर्ताको रोल क्रम हेर्दा सुरूवात विद्यार्थी राजनीति नै मुल धार रहेको बताउनुभयो । विद्यार्थी राजनीति नै देशको राजनीति नेतृत्व तहमा पुर्याउने बलियो माध्यम रहेकोले विद्यार्थीहरूले ईमान्दार, अनुसाशित भइ अध्ययनमा लाग्न आग्रह गर्नुभयो । २०५५ सालमा पाल्पामा माओवादी पाटी जन्मिएको हो । माओवादी पाटीलाई शक्तिशाली ईमानदार पाटीको रूपमा स्थापित गराई बेहिमान नगर्ने पाटीको रूपमा परिचित गराउन नेतृत्व तह अगाडि बढेको बताउनुभयो ।
घर्तीले झोलाको किताब र कापिले मात्र परिवर्तन नहुने हुदा यस्ता सामाजिक, आर्थिक र राजनीति बिषय बस्तुलाई उठाउदै विद्यार्थी नेताहरू अगाडि बढ्न आग्रह गर्नुभएको छ । ठुलो मान्छे नबनि असल मान्छे बन्न , मेहनत र लगनशील भइ शैक्षिक लक्ष्य प्राप्त गर्न विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि अखिल क्रान्तिकारीका उपाध्यक्ष नारायण खनालले नेपाललाई संघीय लोकतान्त्रीक गणतन्त्र राज्य व्यवस्थाका लागि अग्रज नेतृत्वको बलिदानले सम्भव रहेको बताउनुभयो । अखिल क्रान्तिकारी श्रमजीवी,कृषक एवम् मजदुर नागरिक पाटी रहेकोले उक्त नागरिकहरूका छोराछोरी संगठित गरि नेतृत्व तहमा पुर्याउने कार्यमा संगठनले कदमी अगाडि बढाएको बताउनुभयो ।
खनालले अखिल क्रान्तिकारी किताबी शिक्षा भन्दा प्रयोगात्मक एवम् बैज्ञानिक ढंगको शिक्षा पद्वतिलाई अवलम्बन गर्ने संगठन रहेको बताउनुभयो । विकसित राष्ट्रहरूले बैज्ञानिक शिक्षा प्रणाली अवलम्बन गरि ठुला परिवर्तन गरि सक्दा नेपालले परम्परागत शिक्षा आत्मसाथ गरेको बताउनुभयो । सोहि अनुरूप अखिल क्रान्तिकारी समाजवादी शिक्षाको मुल उधेश्यलाई आत्मसाथ गरि शैक्षिक क्षेत्रमा अगाडि बढेको बताउनुभयो । राज्यले विद्यार्थीको क्षमता मुल्यांकन गरि शिक्षालाई अगाडि बढाउनुपर्ने संगठनको जोडदार माग रहेको बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम पाल्पा जिल्लाका सह इन्चार्ज अनिल किशोर घिमिरेले नेपालको विद्यार्थी आन्दोलमा अग्रपतिमा रहेर अगुवाइ गर्ने विद्यार्थी संगठन अखिल क्रान्तिकारी रहेको बताउनुभयो ।
नेपालको गणतन्त्र प्राप्ति गरि सामाजिक एवम आर्थिक परिवर्तन गर्न अखिल क्रान्तिकारीले महत्वपुर्ण भुमिका खेलेको छ । माओवादी केन्द्रको नेतृत्वले ल्याएको गणतन्त्र माथि सणयन्त्र गरि माओवादी आन्दोलनलाई कमजोर बनाउनका केही तत्वहरू लागि परेको छन । यस्का विरूद्वमा माओवादी केन्द्र शसक्त रूपमा अगाडी बढ्ने बताउनुभयो । नेपाल परम्परागत शिक्षा प्रणालीमा आधारित छ । शिक्षाको सस्थागत विकास गरि शिक्षा क्षेत्रमा देखा परेका विकृति र विसङ्ती हटाउनका लागि संगठनलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले नेपालको राजनीति आन्दोलनमा विद्यार्थी नेताहरूको ठुलो योगदान रहेको बताउनुभयो ।
नेपाललाई धर्म निपेक्षता,संघीयता प्राप्तिमा अखिल क्रान्तिकारीको भुमिका अनुकरणीय छ । देशमा राजनीति एवम सामाजिक उपलब्ध प्राप्त गर्न, देशमा रहेको वेतिथिलाई नियन्त्रण गर्नका लागि अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू गोलबन्द हुन आग्रह गर्नुभयो । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम पाल्पा जिल्ला कमिटी अध्यक्ष पदम सोमैले मुल एकाई कमिटी गठनलाई अगाडी बढाउने र थप नयाँ पिडिलाई नेतृत्व प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । विद्यालय एवम क्याम्पसमा देखा परेका समस्या बारम्बर उठ्उदै आएको संगठनले २ बर्ष कार्यकाल रहने गरि नेतृत्व चयन गरिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र पाल्पाका सहसंयोजक राजेन्द्र विक,केन्द्रीय सचिवालय सदस्य शिक्षा पाण्डे,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य एवम अर्घाखाँची जिल्लाका जिल्ला ईन्चार्जले लगाएतले मन्तव्य राख्नु भएको थियो । अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पसको ईकाइ कमिटी गठन भएको छ । जस्को अध्यक्ष भिम बहादुर लुंगेली,उपाध्यक्षमा अस्मिता पाण्डे, दिलिप घर्ती मगर ,बर्षा गन्धर्ब ,असीम सिंजाली ,सुजाता खराल ,माधव बराल,सचिव राजन क्षेत्री, सहसचिवमा गंगा बारघरे , मोनिका दर्लामी, बिपिन पंगेनी, शुशिला बगाले र कोषाध्यक्ष विनिता पाडे मगर सहित ९९ सदस्यीय मुल इकाई समिति गठन भएको अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पसका निवर्तमान ईकाइ अध्यक्ष तारा बहादुर रायमाझीले जानकारी दिनुभयो ।














