काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना भाइरस संक्रमण थपिए । पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
१ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् । अहिले देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित रहेका छन् भनि त्यस मध्ये ४ हजार १५५ जना होम आइसोलेसनमा रहेका छन् । १९३ जना संस्थागत आइशोलेशन र ५१ जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ पुगेको छ ।












