पाल्पाको सवैभन्दा ठुलो रथयात्रा निकालिदै
सुमन कार्की
पाल्पा,४ भदौ
राष्ट्रिय गौरवको प्रतिक एतीहासीक २०४ औं भगवती रथयात्रा आज पाल्पाको तानसेनमा मनाइदै छ । आज विहानै देखि टाढा टाढावाट आउने भक्तजनहरुको मन्दिरमा भिड लागेको छ । विहानै देखि दर्शनार्थीहरुको लागी मन्दिर खुल्ला गरिएको छ ।
नेपाल अग्रेज युद्धमा र्गोखाली फौजले अग्रेजका फौजलाई पराजित गरेको अवसरमा यो रथयात्रा सुरुवात गरिएको हो । युद्धमा गोखाली फौजको तर्फवाट कर्णेल उजिर सिंह थापाले नेतृत्व गरेका थिए ।
युद्धमा जानु अगाडी कर्णेल थापाले तानसेन वजारको मध्यभागमा रहेको महिसासूर मर्दिनी दुर्गा भवानीको पाउ छोएर यदि युद्धमा विजय भएमा विशाल मूर्ति, मन्दिर बनाइ सिन्दुर यात्रा गर्ने छु ।
भगवतीको महिमा चारै तिर फैलाउने छु भन्ने भाकल गरे । वि.स.१८७६ भन्दा अगाडीको लडाइमा नेपाल अग्रेज युद्धमा ३ ठाउमा नेपाली सेनाले पराजयको सामना गर्नु पर्यो भने जितगढि युद्धमा
कर्णेल उजिर सिंहको फौजले व्रिटिस सेनालाई पराजित गरेको अवसर र आफ्नो भाकल पुरा भएको सम्झनामा राष्ट्रि«य गौरवको प्रतिकको रुपमा रथयात्रा सुरुवात भएको हो ।
२ सय वर्ष पुरानो इतिहास बोकेको यस रथ यात्रा भाद्रकृष्ण अष्टमीको बेलुका अर्थात हिजो रातीवाटनै पुजा सुरु हुन्छ । यसरी पुजा गर्दा तान्त्रीक विधिवाट गरिन्छ । पुजाको विचमा नेपाली सेनावाट बन्दुक पट्काई बढाई गरिन्छ ।
जन्माष्टमीको मध्यरातमा नेपाली सेनाद्धारा रागा,बोकाको बली दिइने चलन रहेको छ । हिजो रातीनै आजको रथयात्राका लागी सजाइएको भगवतीको विशाल रथलाई मन्दिरको तिन पटक परिक्रमा गराई मन्दिरको मुलढोका अगाडी राखिएको छ । विधि पूर्वक गरिएको पूजा पछि रथयात्रामा राखिने भगवतीको ढलौटको सानो प्रतिमूर्ति र कर्णेल उजिर सिंह थापाको तरवार रथमा राखिएको छ । रथयात्रा मध्यान्न १२ः४५ बजेको सुभ साइतमा निकाली नगरका विभिन्न भागको परिक्रमा गराई पुन मन्दिरमा ल्याई भित्राउने प्रचलन रहेको छ ।
रथयात्रामा नेपाली सेना,नेपाल प्रहरि,शसत्र प्रहरि,निजामती कर्मचारी,संघ सस्थाहरुको सहभागीता रहने छ ।
पाल्पा जिल्लामा मनाइने अन्य जात्राहरु भन्दा यस रथयात्रा फरक राष्ट्रि«य गौरव,स्वाभिमान र स्वतन्त्रताको प्रतिकको रुपमा मनाइदै आएकोले हो ।
आजको दिनलाई पाल्पाली जनताले राष्ट्रिय पर्व र उत्सवको रुपमा मनाउने प्रचलन रहेको छ ।













