पाल्पा ४ भाद्र
राष्ट्रिय गौरवको प्रतिक एैतीहासीक २०४ औं भगवती रथयात्रा आज पाल्पाको तानसेनमा भव्यताका साथ मनाइएको छ । भगवती रथयात्रा दिउसो करिव १ वजेको सुभ साइतमा निकाली नगरका विभिन्न भागको परिक्रमा गराई पुनः मन्दिरमा ल्याई भित्राइएको छ । आज विहानै देखि टाढा टाढावाट आएका भक्तजनहरुको मन्दिरमा भिड लागेको थियो । २ वर्ष सम्म कोरोनाका कारण जात्रालाई मन्दिर परिसरमा मात्र सिमित गरिएकोमा यस पटक भने बाजा गाजा सहित नगर परिक्रमा गराई हजारौ भक्तजनको उपस्थीतीमा सम्पन्न गरिएको छ ।
नेपाल अग्रेज युद्धमा र्गोखाली फौजले अग्रेजका फौजलाई पराजित गरेको अवसरमा यो रथयात्रा सुरुवात गरिएको हो ।
युद्धमा गोखाली फौजको तर्फवाट कर्णेल उजिर सिंह थापाले नेतृत्व गरेका थिए । युद्धमा जानु अगाडी कर्णेल थापाले तानसेन वजारको मध्यभागमा रहेको महिसासूर मर्दिनी दुर्गा भवानीको पाउ छोएर यदि युद्धमा विजय भएमा विशाल मूर्ति, मन्दिर बनाइ सिन्दुर यात्रा गर्ने छु, भगवतीको महिमा चारै तिर फैलाउने छु भन्ने भाकल गरे अनुसार यो विजय उत्सव मनाउन थालिएको हो । वि.स.१८७६ भन्दा अगाडीको लडाइमा नेपाल अग्रेज युद्धमा ३ ठाउमा नेपाली सेनाले पराजयको सामना गर्नु पर्यो भने जितगढि युद्धमा कर्णेल उजिर सिंहको फौजले व्रिटिस सेनालाई पराजित गरेको अवसर र आफ्नो भाकल पुरा भएको सम्झनामा राष्ट्रिय गौरवको प्रतिकको रुपमा २ सय वर्ष अगी देखी नै रथयात्रा सुरुवात भएको स्थानिय शैलेन्द्र भट्राई वताउन्।
रथयात्रामा नेपाली सेना,नेपाल प्रहरि,शसत्र प्रहरि,निजामती कर्मचारी,संघ सस्थाहरुको सहभागीता रहेको थियो भने हजारौ भक्तजनहरुको उपस्थीती रहेको थियो ।
पाल्पाली जनताले हरेक वर्ष भगवती जात्रालाइ राष्ट्रिय पर्ब र उत्सबको रुपमा भव्यताका साथ मनाउने गर्दछन्।












