भाद्र ३ ,पाल्पा
पाल्पाको धार्मिक एव्म पर्यटकीय क्षेत्रको रुपमा परिचित रम्भादेवी मन्दिरमा आज भक्तजनहरुको घुइचो लागेको छ । कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमीको दिन हरेक वर्ष मन्दिर परिसरमा मेला नै लाग्ने गरेको स्थानियको भनाई छ ।
नेपालकै प्रसिद्ध धार्मिक स्थलको रुपमा रम्भादेवी मन्दिरलाई मानिन्छ ।
अन्य दिनहरुमा दर्शनार्थीहरु दुई चार सयको मात्रामा आउने यो दिन हजारौको मात्रा आउने गरेको मन्दिर व्यवस्थापन समितीको भनाई छ ।
आफुले भाकल गरेको पुरा हुने धार्मिक आस्थाका कारणले गर्दा पनि यस मन्दिरमा दर्शनार्थीको भिड हुने गर्दथियो भने जन्माष्टमीको दिन विशेषगरि नाचगान,भजनकृतन सहित भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । यस दिन मन्दिरमा वलिपुजा वाहेकका अन्यपुजाहरु मात्र हुने गरेको मन्दिरका पुजारीको भनाई छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन कृष्णजन्माष्टमी पर्व मनाउने गरिएको छ ।













