जिल्ला पाल्पा रामपुर नगरपालिका -४ बस्ने २८ बर्षे हिम कुमारी रानाको मृत्यु भएको छ ।
उनी खनियाँको रुखमा प्लाष्टिकको डोरीले पासो लगाएर मरेकी हुन् । उनका श्रीमान झमन बहादुर राना शौचालय जाने क्रममा हिम कुमारी राना आफ्नो घर भन्दा १०० मिटर पर घास काट्न जादाँ खनियाँको रुखमा प्लाष्टिकको डोरीले पासो लगाई मृत अवस्था देखेका थिए ।
प्रहरी कार्यालय रामपुरबाट अनुसन्धान अधिकृत सहित प्रहरी गएर यस घटना बारे थप अनुसन्धान भइरहेको र मृतको शव पोष्टमार्टमको लागि रामपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पो जनाएको छ ।
« खुट्टा तान्ने प्रवृतिका कारण समग्र देशले फड्को मार्न नसकेको सहरी विकाश मन्त्री मेटमणि चौधरीको भनाई












