पाल्पा १ भाद्र
पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहरी विकाश मन्त्री मेटमणि चौधरीले ७४ साल देखि ठूला पार्टीलाई ठूला बन्नका लागि सानासंग जोडिनुपर्ने तथा साना दलहरुलाई पनि आफ्नो अस्तित्व रक्षाका लागि ठूला दलहरुसंग जोडिनुपर्ने वाध्यात्मक परिस्थिति सृृजना भएको बताए ।
यसपटक पनि संघीय निर्वाचनमा सबै राजनीतिक दलले आफ्नो अस्तित्व रक्षाका लागि मिलेर निर्वाचनमा जानुको विकल्प नरहेको मन्त्री मेटमणि चौधरीले बताएका छन् ।
चौधरीले हाल देशको राजनीतिक घटनाक्रममा भएको विकासले एक स्टेप फड्को मारेको हुँदा दलको अस्तित्व रक्षाका लागि मिलेर निर्वाचनमा जाने प्रचलनको विकास भएको बताए ।
विश्वव्यापी रुपमा चलेको दुई दलीय राज्य संचालन व्यवस्थामा भएको विकासले नेपालको राजनीति पनि सोही दिशामा अघि बढेको मन्त्री चौधरीले बताए ।
हालको व्यवस्थामा अनेक समस्या उत्पन्न भएपछि मात्रै एक्लै चुनाव लड्ने अवस्था सृजना हुने मन्त्री चौधरीले बताए । पत्रकारको जिज्ञासामा बोल्दै मन्त्री चौधरीले सबै रानीतिक दलहरु मिलेर अघि बढ्नुपर्छ भन्ने भावनाको विकासमा ध्यान नपुग्दा सम्म देश विकास हुन नसक्ने बताए । जवसम्म राजनीतीदलले जनताको भावना अनुसारको काम गर्देन् र आफ्नो प्रवृती सुर्धादैनन् तव सम्म जनताले विकल्पको वाटो रोज्न तर्फ जाने गत स्थानिय निर्वाचनमा ठाउँ ठाउमा स्वतन्त्रलाई जिताएर देखीएको चौधरी वताए ।
हाल हरेक क्षेत्रमा भएको खुट्टा तान्ने प्रवृद्धिका कारण समग्र देशले फड्को मार्न नसकेको मन्त्री चौधरीले बताए ।
यस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा बोल्दै मन्त्री चौधरीले सरकारले अहिले सम्म केही पहल कदमी चाल्न नसकेको स्वीकारर्दे छिट्टै छलफल गरेर भारतबाट घटेर आएको मूल्य समायोजन सम्वन्धी छलफल हुने बताए ।













