काठमाडौैं- पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भनि कसैको पनि मृत्यु भएको छैन । अहिले सम्म देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जनाभएको छ ।
५ हजार ६७ जना होम आइसोलेसनमा, १९८ जना संस्थागत आइसोलेसन र ५४ जना आईसीयूमा रहेको छन् ।
नेपालमा बिहीबार थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४ पुगेको छ ।













