

पाल्पा, १ भाद्र
सुमन कार्की
दुई वर्ष पछि राष्ट्रिय गौरवको प्रतिक एतीहासीक भगवती रथयात्रा भाद्र ४ गते शनिवार तानसेनमा भब्य रुपमा मनाइने भएको छ । विजयी उत्सव रथ यात्रा विगत २ वर्ष सम्म कोरोनाका कारण मन्दिर परिसर मै सिमित हुनु परेको थियो । यस वर्ष भने भव्य रुपमा बाजा गाजा सहित वजाएर परिक्रमा गरि मनाइने तयारी गरेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
नेपाल अंग्रेज युद्धमा र्गोखाली फौजले अंग्रेजका फौजलाई पराजित गरेको अवसरमा यो विजयी उत्सवको रुपमा रथयात्रा सुरुवात गरिएको हो । युद्धमा र्गाेखाली फौजको तर्फवाट कर्णेल उजिर सिंह थापाले नेतृत्व गरेका थिए ।
युद्धमा जानु अगाडी कर्णेल थापाले तानसेन वजारको मध्यभागमा रहेको महिसासूर मर्दिनी दुर्गा भवानीको पाउ छोएर यदि युद्धमा विजय भएमा विशाल मूर्ति, मन्दिर बनाइ सिन्दुर यात्रा गर्ने छु, भगवतीको महिमा चारै तिर फैलाउने छु भन्ने भाकल गरेका थिए । वि.स.१८७६ भन्दा अगाडीको लडाइमा नेपाल अंग्रेज युद्धमा ३ ठाँउमा नेपाली सेनाले पराजयको सामना गर्नु पर्यो भने जितगढि युद्धमा कर्णेल उजिर सिंहको फौजले व्रिटिस सेनालाई पराजित गरेको अवसर र आफ्नो भाकल पुरा भएको सम्झनामा राष्ट्रिय गौरवको प्रतिकको रुपमा विजयी उत्सवको रुपमा भगवतीको रथयात्रा सुरुवात भएको हो ।
२ सय वर्ष पुरानो इतिहास बोकेको यस विजयी उत्सवको रथ यात्राको सुभारम्भ भाद्रकृष्ण अष्टमीको बेलुका ८ः३० वजे मूल पुरोहितको घरवाट भगवती मन्दिरमा पुजा ल्याई राती ९ः३० वजे देखी जन्माष्टी पुजा सुरु गरिन्छ ।
यसरी पुजा गर्दा तान्त्रीक विधिवाट गरिन्छ । पुजाको विचमा नेपाली सेनावाट बन्दुक पट्काई बढाई समेत दिइन्छ ।
मध्यरातमा नेपाली सेनाद्धारा रागा,बोकाको बली दिइने चलन रहेको छ । ३ गते रातीनै रथयात्राका लागी सजाइएको भगवतीको विशाल रथमा राती १२ः०० वजे भगवतीको प्रतिमुर्ति र उजिर सिंहको तरवार(खड्क) राखी ३ पटक सम्म मन्दिर परिक्रमा गरार्ई मन्दिरको मुलढोका अगाडी राखिने र भोलि पल्ट विहानै देखि सर्वसाधारण तथा भक्तजनहरुको लागी दर्शन गर्न मन्दिर विहान ११ः०० वजे सम्म मन्दिर खुल्ला रहने श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्षले वताउनु भयो ।
रथयात्रा मध्यान्न १२ बजे पछिको सुभ साइतमा वाजा गाजा सहित निकाली नगरका विभिन्न भागको परिक्रमा गराई पुन मन्दिरमा ल्याई भित्राउने चलन रहेको छ ।
यसपटकको रथयात्राको लागी जिल्लाका सबै नेपाली सेना,नेपाल प्रहरि,शसत्र प्रहरि,निजामती कर्मचारी, विभिन्न संघ संस्था, विद्यालय, समूह तथा क्लवहरुलाई सहभागीताका लागी पत्राचार गरिएको पनि कार्कीले जानकारी दिनु भयो ।
यो जात्रा संचालन वढि र्खर्चीलो भएको र मुख्य गरि जात्रा संचालनको लागी नगर पालीकावाट १ लाख, नेपाल सरकारवाट ५ हजार, उद्योग वाणिज्य संघवाट १२ हजार सहयोग आउने गरेको साथै तानसेन गुठी र अन्य सहयोगी भक्तजनहरुको आर्थिक सहयोगमा र नपुगेको खण्डमा मन्दिर गुठीको अक्षय कोषको व्याजवाट संचालन हुदै आएको कार्कीको भनाई छ ।
जात्रामा भगवती गुठीकै तर्फवाट ५ वटा वोका र ३ वटा राँगा वलि दिने चलन रहेको छ । रथ उठाउनकोलाई परम्परा देखि नै पाल्पाका कुमाल समूदायले गर्दै आएको भिमसेन कार्कीको भनार्ई रहेको छ । ४८ जना कुमाल समूदायवाट रथउठाउन आउने गरेको र उनीहरुलाई समेत प्रति व्यक्ति २ हजार र नास्ता दिनु पर्ने हुन्छ ।
जात्रामा पञ्चेवाजा साथै धिमेवाजा,लाखेनाचलाई समेत खर्च दिनु पर्ने हुन्छ ।
पाल्पा जिल्लामा मनाइने अन्य जात्राहरु भन्दा यस रथयात्रा फरक राष्ट्रिय गौरव,स्वाभिमान र स्वतन्त्रताको प्रतिकको रुपमा मनाइदै आएकोले यसको महत्व बढेको छ ।
यसजात्राको दिन परदेश सरकार र स्थानिय सरकारले स्थानिय विदा दिने गरेको छ । जात्रा संचालनको लागी स्थानिय सरकार मात्र नभई तिनै तहवाट सहयोग जुटाउन सक्ने हो भने अझै यस जात्रालाई भव्य र व्यवस्थीत गर्न सकिने थियो ।