पाल्पा- जन्मदिन मनाएर मादक पदार्थ सेवन गरी सडकमा सुतेका तानसेन ८ का विक्रम श्रेष्ठको मृत्यु भएको छ ।
३१ गते विहान सिद्धार्थ राजमार्गको जरेपिपल स्थित सडकमा स्थानिय २५ वर्षे विक्रम श्रेष्ठ सहित ३४ जना साथीहरु सडकमा सुतिरहेको अवस्थामा बुटवल देखि पाल्पा तर्फ आउँदै गरेको ग २ ख १०१५ को ट्रकले बाटो छोड्न भनि हर्न बजाउदा सहचालकलाई पिट्न भनि ट्रकमा चढ्दा विक्रम लडेर घाइते भएका थिए । विक्रमलाई उपचार गर्नका लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा लगि उपचारक क्रममा विक्रमको मृत्य् भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता गौतम बोहोराले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान आधकृत सहित प्रहरी टोलीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिगि घटना बारे थप अनुसन्धान भईरहेको छ ।












