पाल्पा २९ साउन
सानै देखि गीत संगीतमा रुची राख्दै आएकी बसन्ताले आगामी तीजलाई मध्यनजर गर्दे आफ्नो नयाँ तीज गीत साथी संगी गत हप्ता मात्र डिजिटल वजारमा ल्याएकी छिन् ।
खनालको उक्त गीतको भिडियो मुनाल मोहीत सिङ्गर युटुव मार्फत बजारमा आएको हो । साथी संगीनी वोलको गीतमा बसन्ता खनाललाई गायक सुरज कुमार वि.के.ले स्वरमा साथ दिएका छन् । भिडियोमा कलाकार गीता,श्रृष्टि,सन्तोष र बावुरामको अभिनय तथा नाच देख्न सकिन्छ । गीतको भिडियो निमार्ण भने विष्णु भट्टराईले गरेका हुन् । यस अगी पनि खनालले आफ्ना ४ वटा गीतको भिडियो वजारमा ल्याईसकेको वताउछिन् ।
अर्घाखाँची जन्मीएर वुटवललाई आफ्नो कर्म थलो वनाउदै आएकी खनाल विगत ४ वर्ष देखि नेपाली गीत संगीत क्षेत्रमा रमाउदै आएकी छिन् । उनले आफ्नो पहिलो एल्वमको रुपमा चरी बनैमा वाट सांगीतीक यात्रा सुरु गरेकी हुन् । उनका यसअगीका चर्चित गीतमा तिम्रै साथमा हुन पाम,मार्यो पिरतीले जस्ता गीत वजारमा आइसकेका छन् । अर्घाखाँचीको मालारानी गाँउपालिकाको गखुङ्गागाउँमा जन्मीएकी खनाल सानै देखि घाँस पात गर्न जादा देखी नै गीत गुन गुनाउने गरेको कारणले गर्दा पनि पछि आएर गीत संगीतमा लागेको राष्ट्रिय न्युजलाई वताउछिन् । सानै देखि नै गाउँघरको साना तिना कार्यक्रम देखि लिएर विद्यालका कार्यक्रहरुमा समेत आफुले सहभागीता जनाउदै गीत गाउने गरेको उनको भनाई छ ।
आफ्नो तिन चार वटा गीत वजारमा आइ सकेपछि भने उनले चर्चा वटुल्न सफल भएको वताउछिन् अहिले उनलाई गाउँघर मात्र नभई विभिन्न जिल्लाहरुमा समेत गायीकाको रुपमा स्टेज कार्यक्रमको लागी निमन्त्रण आउने गरेको छ । गीत संगीत क्षेत्रमा नलाग्दा खासै मानिसहरुले नचिनेको मा अहिले भने उनलाई धेरै जसोमनिसले गायीका बसन्ता खनाल भनेर चिन्ने गरेको उनले वताइन् ।
तीज लगतै उनको फेरी ३ वटा लोक गीतहरु आउने तयारीमा रहेको वताउछिन् ।












