काठमाडौं -आज यस वर्षको साउन महिनाको अन्तिम सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपतिनाथ देशभरका शिव मन्दिरहरुमा परिसरमा चहलपहल छ । हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बसि महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजा गरी आफ्नो एक महिने व्रत समापन गछन् । व्रत बसेका नारीहरूले साउनभर हातमा हरियो चुरा र मेहन्दी लगाएर व्रत बसेमा शिव खुसी भई आफूले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास रहेकोछ ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएर आज विधिपूर्वक व्रत समाप्त गर्ने गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरेर सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।












