

शोभा आचार्य गौतमको “लघु नियात्रा“ ३
२०७९÷४÷२१ गते शनिबार का दिन हामी किर्तिपूर नगरपालिका, मैत्री नगर २ , आदर्श नगर निबासी का “महिला समूह“,साउनको महिनामा शिवको महिमा धेरै नैछ ।
हाम्रो नेपालमा, तेसै अनुरुप शिवजी ,दर्शन गर्न जाने भनि हामी दिदीबहिनी हरु बिच सल्लाह गर्याै र एक दिन भरिको लागि भ्याएसम्मका मन्दिरका दर्शन गर्ने भनी बस रिजर्भ गर्याै, जम्मा हामी २८ जना थियौ ।यसै बमोजिम हामीहरु साउन २१गते शनिबार बिहान ५÷३० बजे हामीहरु म स्वंम , भबानि बाराकोटी ,कल्पना ढकाल , गौरी सुवेदी,एन्जिला सिन्हा, पर्मिला शाह सम्झना गिरी, शुशिला देबकोटा,दुर्गा पौडेल , आशा पोख्रेल, लक्ष्मी श्रेष्ठ ईत्यादि दिदिबहिनीहरु जुट्यौ र मैत्रीनगर बाट ६ बजे बस चढि यात्रा शुरु भयो , कंलकि खसिबजार हुँदै हामी सानेपा ,को बाटोभएर,गाढिमा रमाइलो गर्दै, भजनगाउदै ,भजन गाउनको लागि दुई जना बुवाहरु लाई पनि लिएर गएका थियौ उहाहरु गाउनुहुन्थ्यो हामीले छोय्थेयौ, यसरी गाउदै बजाउँदै रम्दै, बाहिरी प्रकृति हेर्दै झ्याल बाट बिहानको हल्का सितल हाबा पनि आईरहेको थियो ।रिङरोडको बाटो छिचोल्दै , पलासे र बनेपाको बाटो हुँदै पहिलो दर्शन धनेश्वर महादेव मन्दिर पुग्यौं , तेहा पुग्दा एकदमै आनन्द आईरहेको थियो ।
हामीहरु एकैखालको दैनिक बाट र धनघोर बस्तीबाट केहिपर खुल्ला ठाउँमा जान पाउँदा सबै जना खुसि हुनेनै भयौं , धनेश्वर महादेव मन्दिर बस्ती बाट अलि माथि उकालो चढि जानुपर्ने थियोे र फरिकिलो क्षेत्रफलमा फैलिएको निकै सुन्दर थियोे तेहा दर्शन गर्न लाईनमै बसेर एकघण्टा जति समय लगाई गर्याैर त्यसपछि त्यहाबाट अलि अगाडि बिपरित ठाउँमा बस्तीकै छेउमा रहेको मन्दिर चण्डेश्वरी देवीको दर्शन गर्न गयौ, त्यो मन्दिर पनि फराकिलो ठाउँमा एकदमै राम्रो रहेछ, पहिला पनि यिनी मन्दिर हरु गएकि थिए यसपालि पनि जानेमौका जुर्दा आनन्द आइरहेको थियोे , तेसपछि हामी तेहाबाट निस्किएर भक्तपुरमा पर्ने सागा महादेव दर्शन गर्न गयौ त्यो मन्दिर पनि गाडी बाट ओर्लेर केही उकालो पारगरि उकालोमानै खारेर बनाईएको महादेव को ठुलो मूर्ति बनाई राखिएकोछ, टाढैबाट देखिने त्यो सुन्दर मूर्ति निकै आकर्शक देखिन्छ , तेहा पनि दर्शन गर्ने फोटो खिच्ने गरि वरि हामीहरु तेहाबाट ११ बजे निस्किएर डोलेश्वर महादेव दर्शन गर्न गयौ त्यो पनि फराकिलो क्षेत्रफल ओगटेको ठाउँमा अबस्थित निकै राम्रो छ , ब्यबस्थापन पनि राम्रो थियो ,एकातिर भजन गाईरहेका अर्कोतर्फ मन्दिर दर्शन गर्ने को लाईन हामीहरु पनि लाईनमै बसेर दर्शन गर्न लाग्यौं ।
हामी सङ्ग जानुभएका बुवाहरु भजन गाउन तर्फ लाग्नुभयो त्यहा ईच्छुकलाई दान दिने ब्यबस्था पनि थियोे र त्यसैअनुरुप
हाम्रो समूह बाट पनि केहि रकम उठाई दान गर्याै, दान गर्न पाउँदा खुसि लाग्यो ।तेसपछि हामी १÷३० बजे हामीहरु पशुपतिनाथ दर्शन गर्न गयौं । तेहापनि लाईनमै बसेर दर्शन गर्याै । पशुपतिनाथ दर्शन गर्दा छुट्टै प्रकारको आनन्द आउछ, शक्ति प्राप्त भएजस्तो अनुभव हुन्छ मलाई ,
अनि यसै गरि हामीहरु मध्यान्न पछि को ३ बजे ,सबैलाई भोक लागेको थियो अलिअलि फलफूल हरु खाएर टोखा नगरपालिकामा पर्ने झोर महादेवको दर्शन गर्न तर्फ लाग्यो , त्यो मन्दिर पनि बस्तीबाट केहिपर घनाजंगलको बिचमा मुख्य बाटोबाट केहितल जानुपर्ने रहेछ , जानको लागि सिढी थियो , सिढी बाट ओर्लिदै १० मिनेटमा मन्दिर पुग्यौं तेहा पनि एकदमै सुन्दर थियो , एकातिर मन्दिर , मन्दिरको छेउमा झरना सेतो फिज निकाल्दै झरिरहेको थियोे ।
हामीहरु गर्मी हुदै गएका तेहापुग्दा सितलता महशुस भयो ।
झरना धेरै राम्रो लाग्यो ,बास्तबमा हाम्रो नेपाल प्राकृतिक सम्पदाको धनीनै छ यसमा गर्व पनि लाग्छ ।
कति दर्शनार्थीहरु गर्मीलाई छिचोल्न नुहाउदै थिए, हामी पनि हातमुख धोई, महादेवको दर्शन गर्याै ,तेहि झरनाको छेउमा सानो गुफा पनि रैछ तेहा महादेव को मुर्ति रहेछ। अतिनै सुन्दर ठाउँ थियो । तेसपछि हामी यस्तै ५ बजेको थियो, उकालो सिढी चढि घर फर्किन तर्फ लाग्यौं
घर फर्किदा पनि उही भजनको धुनमा रमाइलो गर्दै फर्कियौ। घरआई पुग्दा बेलुका ७ बजेको थियोे । यसरी हाम्रो यो यात्रा टुङ्गियो।
सबै दिदिबहिनीहरु लाई शुभकामना । फेरि पनि यस्तो यात्रा गर्ने मौका जुटिरहोस भन्दै मेरो लघु नियात्रा यही सकिन्छ ।
समाप्त
शोभा आचार्य गौतम