साउन २६ पाल्पा
गैर जिम्मेवार गठबन्धन सरकारले सिर्जना गरेको अत्याधिक मुल्यबृद्धी , भ्रष्टाचार र कमिसनतन्त्र विरुद्ध हस्ताक्षर अभियान राष्ट्रिय युवा संघ नेपाल पाल्पा र अखिल नेपाल महिला संघ पाल्पाले संयुक्त रुपमा पाल्पामा सुरु गरेको छ ।
गठबन्धन सरकारबाट जनतालाइ दिइएको उपहार अत्याधिक मुल्यबृद्धी र भ्रष्टाचारका कारण जनता उकुसमुकुस भएका छन् ।
राष्ट्रिय युवासङ्घ पाल्पा र अनेमसङ्घ पाल्पाले आज तानसेनमा करिव १ घण्टा हस्ताक्षर संकलन गर्दा हजारौँले यो महङगीको बिरुद्धमा आफ्नो हस्ताक्षर मार्फत आक्रोस व्यक्त गरेकाछन् ।
तिन दिन सम्म यो हस्ताक्षर संकलन १ घण्टाको दरले रहने र पाल्पा जिल्लाका
प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानार्कषण गरिने राष्ट्रिय युवासङ्घ नेपालका प्रमुख निर्वाचन आयोगका अध्यक्ष तुल वहादुर अधिकारीले जानकारी गराउनु भयो ।
राष्ट्रघाती सरकार मुर्दाबाद । मुल्यबृद्धी नियन्त्रण गर्। हाम्रो आन्दोलन जारीछ। जस्ता मूलनाराका साथ आगामी दिनमा पनि आन्दोलन जारी रहने अधिकारीले जनाउनु भयो ।














