पाल्पा, २२ साउन
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाल्पाले २८ औं विश्व आदिवासी दिवस २०७९ को अवसरमा त्रि–दिवसीय कार्यक्रम गर्ने भएको छ । परिषद्ले आइतवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विषयमा जानकारी गराएको हो । दिवसका अवसरमा पहिलो दिन पत्रकार सम्मेलन मार्फत कार्यक्रमको विषयमा जानकारी दिने, दोस्रो दिन साउन २३ गते तानसेन १ गोर्खेकोटमा रहेको जनजाति महासंघको भवनमा पाल्पा जिल्लाका युवाहरुलाई सशक्तिकरणका लागि सचेतीकरण प्रशिक्षण संचालन एवं संगठानात्कम प्रशिक्षण २ चरणमा गरिने नेपाल आदिवासी जनजाती महासंघ जिल्ला अध्यक्ष केहर सिंह रानाले जानकारी दिनुभयो ।
२८ औं आदिवासी जनजाति दिवस त्रिदिवसीय कार्यक्रम गरेर मनाउने तयारी भएको रानाले बताउनुभयो ।
दिवसको अवसरमा २४ गते अन्तरसंवाद, कार्यपत्र प्रस्तुत, कार्यपत्र माथि टिप्पणी, खुल्ला सहभागिका, जिज्ञासा, घोषणा पत्र तयार गरिने बताइएको छ । त्यस्तै स्थानीय तहमा निर्वाचित प्रमुख तथा उपप्रमुख सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम समेत हुने परिषद्ले जनाएको छ ।













