

चोप शिलवाल
पाल्पा २३, साउन
ओझेलमा परेको रानी झरना यतिखेर भने पर्यटकको आर्कषकको केन्द्र वनेको छ । तिनाउ गाउपालिकको वडा नं. २ को वगाहामा पर्ने रानी झरनामा यति खेर आन्तरीक तथा वाह्य पर्यटकहरुको घुइचो लागेको देख्न सकिन्छ ।
२०७४सालको स्थानिय निवार्चन सगै पहिलो जननिर्वाचित वडा अध्यक्ष राजेश श्रेष्ठ र सदस्य रितु श्रेष्ठको नजर लामो समयदेखि भुते रहको रुपमा रहेको झरनामा पर्यो त्यसपछि मात्र रानीझरना वाहिर आएको हो । यस अगी भने रानीझरना कहाको के झरना हो भन्ने कुरा एक दुइ जना स्थानिय वाहेकलाई पत्तै थिएन् । तत्कालीन वडाअध्यक्ष राजेश श्रेष्ठले वडावाट ५ हजार विनीयोजन गरि झरना सम्म आउने जाने गोरेटो र झाडी सरसफाई गरि सकेपछि मात्र रानीझरना सवैको नजरमा आएको हो । रानी झरनालाई एउटा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्छ भनि श्रेष्ठले त्यसको संरक्षण,पचार पसार गर्नु पर्छ भनेर पूर्न दोस्रो वर्ष २ लाख वडावाट विनीयोजन गरि अहिले सवैलाई चिनाउन सफल वनेका हुन् ।
वडाकै अग्रसरतामा क्रमश इलाका वन कार्यालय दोभान र ढावखोला सामूदाहिक वन मिलेर २२ लाखको लगानीमा विभिन्न संरचना निमार्ण झरना संरक्षणमा लागी परेको र पर्यटकलाई आर्कषक गर्न अझै थप संरचनाहरु निमार्ण गर्नु पर्ने वन उपभोत्ता समितीका सचिव दिनेश जि.सीले वताउनु भयो ।
सिद्धार्थराजमार्गको दोभान देखि ५.५ कीलो मिटर टाढा रहेको यस रानी झरनामा अहिले दैनिक सयौको संख्यामा पर्यटक घुम्न आउने र झरना संगै रमाउने निवर्तमान वडा अध्यक्ष राजेश श्रेष्ठ वताउनु हुन्छ ।
तिनाउ गाउपालिकाले पनि झरनालाई अझ आर्कर्षक वनाउनको लागी थप संरचनाहरु निमार्ण देखि आवत जावतकालागी राम्रो वाटो निमार्णमा समेत ध्यान दिने पालिका अध्यक्ष प्रेम कुमार श्रेष्ठले वताउनु भयो । झरनाले तिनाउ गाउपालिकालाई चिनाउने मात्र नभई आन्तरीक तथा वाह्य पर्यटकहरु भित्राउन सक्ने र स्थानिय स्तरमा रोजगारी समेत सिर्जना गर्न सकिने पालिकाको भनाई छ ।
स्थानियवासीका अनुसार यो झरनाधेरै पुराने रहेको र वडाको र स्थानियको अग्रसरतामा अहिले पचार पसारमा आएको वताउछन् । पुरानो किम्वदन्ती अनुसार झरना भन्दा केहीमाथी पट्टि रानी वस्ने गरेको र सोही रानी त्यस झरनामा आई नुहाउने गरेको हुनाले नै यस झरनाको नाम रानी झरना राख्न गएको वताउछन् ।