पाल्पा- पाल्पा जिल्लाको माथागढी गाउँपालिका ४ झडेवा खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार हुदै गएपनि बजारमा किसानले उत्पादन गरेर ल्याएको खुर्सानीले मूल्य पाउन छाडेको छ ।
केही वर्ष अघिसम्म थोरै मात्र आउने खुर्सानी यस वर्षभने बजारमा अत्यधिक आउन थालेको छ । माथागढी गाउँपालिकाले खुर्सानी पकेट क्षेत्र घोषणा गरेर कृषकलाई यसको खेतीमा प्रोत्साहन गरे पनि मूल्य पाउन नसक्दा किसान निराश छन् । मालिका देवि कृषि सहकारीका सदस्य चन्द्र बहादुर बरालले हरेक दिन साझ देवगीरमा खुर्सानी बोकेर आउनेको लर्को लाग्ने गरेको बताउनुभयो ।
उत्पादन बढेसँगै पछिल्लो वर्ष भन्दा यस वर्षमा झडेवाको सौरेनी, घोर्गोटा, ताल्टुङ, गाट्डाडा, टेकनडाडा, फचेबास, चित्रेछाप र केराउलीका किसानहरूले दैनिक ५००० देखि १२००० केजीको हाराहारी बुटवल लगायत अन्य क्षेत्रमा पठाउने गरेको बताए । खुर्सानीको उत्पादन बढे पनि मूल्य भने घटेपछि किसान निकै चिन्तितमा छन् । अघिल्लो वर्षमा सुरू देखि अन्तयसम्म प्रतिकिजी ६० देखि १०० रुपियाँमा बिक्री हुने खुर्सानी यस वर्ष प्रतिकेजी ४० रुपियाँमा बेच्न बाध्य भएको झडेवाका विष्णु जिसीले जानकारी दिनुभयो । जिसीले खुर्सानी उत्पादन बढी भएपछि व्यापारी मिलेर मूल्य घटाएको गुनासो गर्नुभयो । उहाँले अघिल्लो वर्षमा ६० देखि १०० रुपियाँ प्रतिकिलोसम्म बेचेको र अहिले ४० रुपियाँमै बेच्नु पर्दा निराश भएको बताउनुभयो ।
झडेवामा उत्पादन भएको खुर्सानी बुटवल, काठमाडौँसहितका प्रमुख सहरमा जाने गरेको छ । माथागढी गाउँपालिका–४, झडेवाका किसान सचिन जि सीले खुर्सानीको मूल्य घट्दै जाँदा उत्पादन लागत उठाउन पनि मुस्किल पर्ने अवस्था आएको गुनासो गर्नुभयो ।













