काठमाडौँ – काठमाडौँ महानगरपालिका– ४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेका छन्।
खोटाङ रावावेशी गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला परेकोमा पक्राउ गरेको हो।
यसैगरी बुढानिलकण्ठ नगरपालिका– १० कपन रुद्रमती चोक बस्ने अर्जुनप्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला परेकोमा पक्राउ गरेको हो।












