काठमाडौँ – चुनावको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार ‘काम चलाउ’मा परिणत भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरेसँगै सरकार काम चलाउमा परिणत भएको छ।
चुनावको मिति घोषणा भएपछि सरकार ‘चुनावी सरकार’मा रुपन्तरण भएको हो। चुनावको मिति आउन बाँकी १०८ दिन देउवा सरकारले दैनिक प्रशासनिक काम मात्रै गर्न पाउनेछ। अझ निर्वाचन आचारसंहिता लागेपछि सरकारले सामान्य नियुक्ति सरुवा, बढुवाजस्ता कामसमेत गर्न नपाउने।
उनले भने, ‘यो अन्तर्राष्ट्रिय मान्यता हो। यसलाई नेपालजस्तो लोकतान्त्रिक अभ्यास अबलम्बन गर्ने देशले अनुशरण गर्नुपर्छ।’राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यदि सरकारले कुनै महत्वपूर्ण निर्णय लिएमा त्यो राजनीतिक रुपमा मान्ने नहुने परम्परा रहेको बताए।
गत वर्ष असार २८ गते सर्वोच्चको परमादेशपछि देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको थियो।
बिहीबार चुनावको मिति घोषणा गरेसँगै देउवा दुईपटक प्रदेशसभा र प्रतिनिधिसभा चुनाव गराउने प्रधानमन्त्री हुने भएका छन्।
संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधान अनुसार २०७४ मंसिरमा एकसाथ पहिलो पटक प्रदेश र प्रतिनिधि सभा निर्वाचन भएको थियो।












