काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुन तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने साताको पहिलो दिन आइतबार आज छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९५ हजार आठ सय रुपैयाँ भएको छ । तेजावी सुनको मूल्य तोलाको ९५ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।
आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाउनुभयो।










