आज बिहान खोटाङ केन्द्र रहेर छिमेकी जिल्ला भोजपुरमा भूकम्प गएको थियो।
भुकम्पको धक्काले भोजपुरस्थित टक्सारमा रहेको केही घरमा क्षति पुर्याएको विवरण प्राप्त भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए।
बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।
भुकम्पले टक्सारका घरमा क्षति पुर्याएको छ । २०७२ कै भूकम्पबाट चर्केको एउटा घर जहाँ कोहि नबस्ने घर केही भागमा भत्केको जानकारी छ।
खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले भूकम्पबाट साकेलाका केही घर चर्केको र मानविय क्षति नभएको भनि जानकारी दिनुभयो ।










