सपना, बिपना लाई बोलाउदै आउछिन। ए बिपना, केगर्दै छौ। साउन लाग्यो यसो मन्दिर जाने होइन ।
ए सपना पो, जाने होनि, हैन हाम्रा दिदी बहिनीहरु को हालखबर केछ? सबैलाई साउन लागे जस्तो छ। सबैको हातमा हरियो चुरा, मेहन्दी हरियै कपडामा देख्छुत।
सपनाले जबाफ दिदै,होनी बिपना बजार भरिनै हरियोले छाएको छ। कस्तो समय आयो है ।
बिपनाले भन्छिन्, हो सपना हामी बच्चा बेलामा जब साउने संक्रान्ति आउथ्यो, घरमा लगाएको तिउरि हातमा
लगाएर हात रातो बनाई खुसी हुन्थ्यौ। तराईमा जादा मेहन्दीको बोट हुन्थ्यो पात टिपेर पिसेर लगाउथ्यौ। हरियो कपडाको यस्तो महत्व कहाँ थियो र उबेलाको हरियो त डाँडा, खेतबारी को हरियो प्राकृतिक हरियो हेर्नपाउथ्यौ।
तेस्तो हरियो हेर्न अब गाउँमा नै गए देखिएला। सहरको साउने हरियो त कपडा,टिका, चुरा यस्तै त रहेछ।
कृतिम हरियो, सपनाले जबाफ दिदै, होनि बिपना हेर्दा हेर्दै समय कस्तो आयो है, प्राकृतिक हरियो हेर्न सहर भन्दा टाढा नै जानुपर्छ।
अब यिनै कृतिम हरियो लगाएर भएनि चित्त बुझाउनै पर्यो। यत्तिकैमा मिना आउछिन, ए सपना, बिपना के गफ गर्दैछौ
टोलका दिदी बहिनीहरु सबै जना एकनासको हरियो कपडा लगाएर मन्दिर जाने कुराभाछ,हिड जाउकिन्न
मिनाको कुरा सुनेर सपना बिपना मुखामुख गर्छन। विपनाको मनमा कुरा खेल्छ, भर्खरै यहि कुरा गर्दैथियौ
साथी ले भनेपछि मान्नै पर्यो,कृतिम हरियो भएपनि लगाएर चित्त बुझाउनै पर्यो।
समाप्त
लेखकः शोभा आचार्य गौतम











