सरकारले बोर्ड अध्यक्षका लागि छानिएका दस जनाको सूचीमा केसीलाई बोर्ड अध्यक्ष नियुक्त गरिएको हो ।
गत असार पहिलो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष माग गर्दै दरखास्त पेस गर्न आह्वान गरेको थियो।
गत वैशाखमा केसीले कला क्षेत्रमा थप योगदान पुर्याउने उद्देश्यले कांग्रेसमा प्रवेश गरेको बताएका थिए।
म एउटा कलाकार हुँ । मैले यही क्षेत्रमा काम गरेको ४० वर्ष भयो । तर नेपाली फिल्म क्षेत्रले खासै सफलता नपाउँदा सधैं चिन्तित हुन्थेँ। त्यसैले नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्धन गर्न कांग्रेस प्रवेश गरेको हुँ। कांगेसका नेताहरूले नेपाली कला क्षेत्रलाई अगाडि बढाउने विश्वास दिलाएको उहाँले बताउनुभएको हो ।
आगामी दिनमा नेपाली चलचित्र क्षेत्रका समस्यालाई समाधान र चलचित्र प्राविधिकहरुको समस्यामा जोड दिने प्रतिवद्धता जनाउनुभएको थियो । अध्यक्ष केसीले नेपाली चलचित्र क्षेत्रमा सानैदेखि प्रवेश गरेको भन्दै आफू बाचुन्जेल चलचित्र क्षेत्रको उत्थानको लागि काम गर्ने बताउनुभयो ।











