पाल्पा-जिल्ला मा १८ हजार सवारीसाधनलाई कारबाही गरिइको छ ।
५ हजार ५५० मोटरसाइकल कारबाहीमा परी ३७ लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । ५ हजार ३९४ जिप र कार कारबाहीमा परी कारबाही गर्दा ३२ लाख ७४ हजार राजस्व संकलन भएको छ।
३ हजार ५८७ टिपर, ट्रक र मिनी ट्रक कारबाहीमा परी २० लाख ५१ हजार राजस्व संकलन भएको छ । २ हजार ४६४ बस तथा मिनी बसलाई कारबाही गरी १३ लाख ९३ हजार राजस्व संकलन भएको छ। १ हजार ४७१ ट्याक्टरलाई कारबाही गरी ८ लाख ७५ हजार राजस्व संकलन भएको मल्लले बताउनुभयो ।
गत आर्थिक वर्ष २०७८।०७९ मा ट्राफिक कारबाहीबाट १ करोड १३ लाख ७१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक दामोदर मल्लले बताउनुभयो । उहाँका अनुसार १८ हजार ४६६ सवारीसाधनलाई कारबाही गरिएको छ ।
ट्राफिक नियम उल्लंघन गरेका सवारीसाधन चलाउने, टिपरसहित ट्रक, मिनी ट्रक र ट्याक्टरले क्षमताभन्दा बढी सामग्री बोकेका, सिट क्षमताभन्दा बढी बढी यात्रु राख्ने र गाडी चलाइरहेका वेला चालकले मोबाइल फोनमा कुरा गरिरहेका भेटिएकालाई कारबाही गरिएको हो ।
कार, भ्यान, जिपका चालकले सिट बेल्ट नबाँधेर, यात्रु बढी चढाएको, सवारी अनुमतिपत्र बिना सडकमा चलाएका र नियम विपरित मोटरसाइकल तीन जना मान्छे यात्रा गरिरहेको सवारीलाई कारबाही गरेको हो । अधिकांश गाउँघरतिर चल्ने मोटरसाइकल र लाइसेन्स नभएका कारबाहीमा परेका प्रहरी नायब निरीक्षक मल्लले बताउनुभयो ।










