पाल्पा– जिल्ला रैनादेवी छहरा गाउँपालिका– ३ अमिलेबाट तानसेनतर्फ आउदै गरेको लु १ ज २१६९ नम्बरको जिप दुर्घटना भएको हो ।
उक्त जिप ओरालोमा रोकी गाडिबाट झरी सामान झार्ने क्रममा गाडी अचानक आफै अगाडि बढेर सडकबाट अन्दाजि २०० तल खसेको हो । जिपमा सवारी भएका अमिलेमा बस्ने ४९ बर्षकि जनकला पोखरेल र ४६ बर्षकि कमला आले घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।










