पाल्पा ६,साउन
माथागढी १ चिदीपानीका आरन संचालन गर्दै आएका ६ घरधुरीलाई वार्ड कार्यालय द्वारा निशुल्क आधुनिक आरन औजार वितरण गरेको छ ।
चिदीपानी वडा कार्यालय मार्फत पुर्खौ देखी आरन पेशा गर्दै आएका ६ जनालाई आरन संचालको लागी आवश्यक पर्ने १–१ थान ग्रेडर,१–१ थान लिही, १–१ थान २ र ५ के.जी.को घन, १–१ थान विद्युतीय पंखा, २–२ थान सनासो र २–२ थान रेती प्रधान गरेको हो ।
माथागढी १ चिदीपानी वाडकार्यालय द्वारा दलित उत्थान गाउ समन्वय समिति चिदीपानी मार्फत दलित समुदाय भित्रका आरन पेसा अगालेका ब्याक्तिहरुका लागि आरन सामाग्री बितरण गरिएको हो ।
वडा अध्यक्ष राजकुमार पन्थीले आरन पेशा अगाल्दै आउनुभएका परमपरागत ब्यवसायीलाइ उद्यमी वनाई उनीहरको आर्थिक उन्नती तर्फ उन्मुख गराउनको निमीत्त वडा मार्फत निशुल्क रुपमा सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।
यस अघिका स्थानिय सरकारले आफ्नो पेशालाई खासै वास्ता नगरेको गुनासो गर्दै प्राप्त औजारले आफुहरुलाई ठुलो राहत मिल्ने र यस्ता सहयोगहरु फेरी फेरी पनि गर्नु पर्ने स्थानिय आरन संचालक तारा वहादुर वि.क.ले वताउनुभयो ।
यस अघि पनि वडाले कृषकहरुलाई राहत मिल्ने विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।











