वीरगञ्ज – वीरगञ्जमा वर्षासँगै परेको चट्याङ् लागेर एक युवकको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही टोलमा चट्याङ् लागेर ३२ वर्षका दिनानाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै खेतमा काम गरिरहेको बेला अचानक परेको चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।










