बिकास काफ्ले
पाल्पा जिल्लाको माथागढी गाउपालिका उत्कृष्ट मध्यकै सौभाग्य माध्यमिक बिधालयमा चिदीपानी पाल्पाको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा सिता गिरी चयन हुनुभएको छ।
इतिहासमै पहिलो महिला बि ब्य अध्यक्ष बनाउन बिधालय सफल भएको छ।आज बसेको बि ब्यस बैठकले सो निर्णय गरेको हो। उनि सामाजिक काममै क्रियासिल थिइन। महिलाले पनि शिक्षा क्षेत्रमा नेतृत्वदायि भुमिकाखेलि अभिभावकको चाहाना अनुसारको काम देखाउन सक्ने प्रमाणित गर्ने अवसर दिएको र सो गरेर देखाउने उनको प्रतिबद्धता छ। सौभाग्य मा बि पुर्बि पाल्पाको सबैभन्दा पुरानो र उत्कृष्ट बिधालय हो।
जसमा इलेक्ट्रिकल इन्जिनियरीङ्ग विषय समेत अध्यान हुन्छ। आवासिय बिद्यालयको रुपमा बिधालयलाइ परिणत गर्ने लक्ष्य रहेको अवस्थामा चिदीपानीले इतिहासमा चिदीपानीको निर्णय कुरेर अन्य ठाउले निर्णय लिने परिपाटीलाइ पुन सकारात्मक सुरुवात गर्न थालिएको बि ब्यस पदेन सदस्य तथा वडा अध्यक्ष राजकुमार पन्थीले बताउनुभयो










