काठमाडौं- सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम एसपीपी मा सहभागी नहुने निर्णय गरिए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा एमाले का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरेका हुन् ।
यसअघि प्रतिनिधिसभाको बैठकमा नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखेका हुन् ।
सभामुखको आशनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि सांसदले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउनुपर्ने माग रोष्ट्रममै उभिइरहे ।
बैठकमा, सभामुख अग्निप्रसाद सापकोटाले सांसद रावललाई पटक पटकको आशन ग्रहण गर्न आग्रह गरे पनि आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।










